राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयमा राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१ पेस गरेको छ।
आयोगले आगामी वर्षको बजेट निर्माणका लागि स्रोत अनुमान मन्त्रालयमा पठाएको हो।
मंगलबार नै योजना आयोगले आर्थिक वर्ष २०८२/८३ को आयोजना तथा कार्यक्रम प्रस्ताव गर्नेसम्बन्धी मार्गदर्शन पनि अर्थ मन्त्रालयमा पेस गरेको छ।
‘योजना आयोगले मन्त्रालयमा आगामी वर्षको बजेटका लागि करिब १९ खर्ब बराबरको स्रोत अनुमान गरी प्रतिवेदन पठाएको छ’, अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘अब त्यसलाई नै आधार बनाएर मन्त्रालयमा सिलिङ पठाइन्छ।’
72
Shares

प्रतिक्रिया