नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको सर्टलिस्ट सार्वजनिक भएको छ।
बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदको लागि आवेदन दिएकामध्येबाट ५ जनालाई संक्षिप्त सूचीमा समावेश भएका हुन्।
सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि नेपाल सरकार समक्ष नाम सिफारिस समितिको फागुन ४ को निर्णयअनुसार आज पाँचजनाको सूची प्रकाशित गरेको हो।
कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा सर्टलिस्टमा परेका छन्।
उनीहरूलाई यही फागुन १० गते दिउँसो २ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि बोलाइएको सूचनामा उल्लेख छ।
सर्टलिस्टमा परेका रामशरण पुडासैनी कृषि विकास बैंकका अध्यक्ष हुन्। सदर ओझा पत्रकार हुन् भने दामोदर बसौला स्वास्थ्य विमा बोर्डका पूर्व कार्यकारी निर्देशक हुन्। त्यसैगरि चिरन्जिवी चापागाँई बिमा प्राधिकरणकै पूर्व अध्यक्ष हुन् भन् कमल प्रसाद रेग्मी बिमा प्राधिकरणकै कार्यकारी निर्देशक हुन्।
हेर्नुहाेस् सूचना

Shares

प्रतिक्रिया