कारोबार


सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्टको सेयर

सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्टको सेयर

नेपालखबर
फागुन ४, २०८१ आइतबार १३:२२, काठमाडौँ

सर्वोत्तम सिमेन्टले जगदम्बा सिमेन्ट प्रालि र शुभश्री जगदम्बा सिमेन्ट मिल्स लिमिटेडको सेयर खरिद गरेको छ। 

सर्वोत्तम होल्डिङमार्फत उक्त सेयर खरिद गरिएको कम्पनीले जनाएको छ। 

त्यसअघि जगदम्बा सिमेन्ट र शुभश्र जगदम्बा सिमेन्ट मिल्सको सेयर खरिदका क्रममा दुवै कम्पनीको स्वतन्त्र लेखापरीक्षकबाट सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन बनाइएको थियो। 

सोही प्रतिवेदनअनुसार शुभश्री जगदम्बा सिमेन्ट मिल्सको प्रतिसेयर मूल्य १०० रुपैयाँ र जगदम्बा सिमेन्ट प्रालिको प्रतिसेयर मूल्य १५ रुपैयाँमा खरिद गरिएको कम्पनीको छैठौँ साधारणसभाको माइन्युटमा उल्लेख छ। 

गत आर्थिक वर्षमा कम्पनीको सञ्चालन आम्दानी अघिल्लो वर्षको ५ अर्ब ३८ करोडबाट करिब १८ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड पुगेको छ। चालू आवको मंसिरसम्म सर्वोत्तम सिमेन्टले ५३ प्रतिशतले क्लिंकर बिक्री र १४ प्रतिशतले सिमेन्ट बिक्री बढाएको छ। कम्पनीले कुल २ अर्ब ८३ करोडको सिमेन्ट र क्लिंकर बिक्री गरेको छ। 

योसँगै अब कम्पनीको अधिकृत पुँजी साढे ५ अर्ब हुने भएको छ। यसलाई प्रतिसेयर १०० रुपैयाँको दरमा ५ करोड ५० लाख कित्ता साधारण सेयरमा विभाजन गरिएको छ। 

कम्पनीको तत्काल जारी गर्ने सेयर पुँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ हुनेछ। यसलाई प्रतिसेयर १ सय रुपैयाँका दरले ४ करोड ९७ लाख ५५ हजार थान साधारण सेयरमा विभाजन गरिएको छ। 

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९७ करोड ५५ लाख हुने र यसलाई पनि सय रुपैयाँ प्रतिकित्ता हिसाबमा  ४ करोड ९७ लाख ५५ हजार थान साधारण सेयरमा विभाजन गरिएको छ। जारी पुँजीमध्ये ८७.०९६७ प्रतिशत सेयर ४ करोड ३३ लाख ३५ हजार थान सेयर संस्थापक समूहमा र १२.९०३३ प्रतिशत सेयर ६४ लाख १९ हजार ९ सय ८७ थान सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad