सीजीले सय इन्चको मेगास्क्रिन टिभी नेपाली बजारमा भित्र्याएको छ।
कम्पनीका अनुसार फोरके क्युलेड प्लस प्रविधि प्रयोग गरिएको यो टिभीको उच्च ब्राइटनेस ८०० निट्सको छ।
९० प्रतिशत डीसीआई-पी३ कलर ग्यामेटसहितको टिभीमा ११२ लोकल डिमिङ जोन रहेको छ भने ११४ एचजेट रिफ्रेस रेटमा ६४ बिलियन कलरसम्मको डल्बी भिजन छ।
सीजी ब्रान्डको टिभी नेपालकै पहिलो गुगल प्रमाणित टिभी हो र सो टिभी नेपालकै सबैभन्दा ठूलो र पहिलो १०० इन्च मेगास्क्रिन टिभी भएको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार टिभीको पिक पर्फरमेन्स कायम राख्न नयाँ कुड कोर ए७३ प्रोसेसर जडान गरिएको छ। त्यसका साथै थ्रिजीबी डीडीआर४ र्याम र ३२ जीबी स्टोरेज पनि छ।
कोठा वा लिभिङ रुममा एन्टिग्लेर स्क्रिनको मद्दतले ५० प्रतिशतसम्म रिफ्लेक्सन रोकिन्छ। यसले १७८ डिग्रीको भ्युइङ एङ्गल प्रदान गर्ने सीजीको दाबी छ। टिभीमा ६० वाटको २.१.२ साउन्ड सिस्टम जडान गरिएको छ। यसमा ५ वाटको २ वटा टप फायरिङ स्पिकर, एउटा २० वाटको सबवुफर अनि २ वटा १५ वाटको डाउन फायरिङ स्पिकर छ।
साथै ह्यान्ड फ्रि भ्वाइस कन्ट्रोल भएको टिभीमा रहेको डोल्बी एटमोस सिनेम्याटिक साउन्डको प्रयोगले ग्राहकहरुलाई मल्टि डाइमेन्सनल साउन्डको अनुभुति गराउने कम्पनी बताउँछ। जसले टेलिभिजनमा चलचित्र, खेल हेर्दा वास्तविक रोमाञ्चक अनुभव दिनेछ भने निर्बाध गेमिङ पर्फरमेन्सका लागि गेम पिक्चर मोड र एमिङ एडजस्ता सुविधाहरू राखिएका छन्।
Shares

प्रतिक्रिया