कारोबार


३ दिन लगातार बढेको सुनको मूल्यमा आज व्यापक गिरावट, चाँदी पनि सस्तियो

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?
३ दिन लगातार बढेको सुनको मूल्यमा आज व्यापक गिरावट, चाँदी पनि सस्तियो

नेपालखबर
माघ ३०, २०८१ बुधबार १०:५८, काठमाडौँ

विगत तीन दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ। सुनको मूल्य आज तोलामा दुई हजार सातसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मूल्य घटेर आज सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार पाँचसय रुपैयाँमा झरेको छ। सुनको मूल्य हिजो एक लाख ७० हजार दुईसय रुपैयाँ थियो। 

गएको आइतबारदेखि मंगलबारसम्म सुनको मूल्य लगातार बढ्दै आएको थियो। हिजो सुन प्रतितोला ६ सय रुपैयाँ बढेको थियो। सुनको मूल्य सोमबार प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको थियो

आइतबार सुन एक लाख ६८ हजार दुईसय रुपैयाँमा किनबेच भएको थियो। अघिल्लो साताका तीन दिनमा पाँच हजार सातसय रुपैयाँ बढेको सुनको मूल्यमा शुक्रबार प्रतितोला चारसय रुपैयाँ मात्रै घटेको थियो

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ३० रुपैयाँमा किनबेच भइरहेको छ। 

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। 

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad