कारोबार


महानिर्देशकसहित अर्थका ४ सहसचिवको सरुवा, मन्त्रालयमा भित्रिए ३ जना

महानिर्देशकसहित अर्थका ४ सहसचिवको सरुवा, मन्त्रालयमा भित्रिए ३ जना

नेपालखबर
माघ २९, २०८१ मंगलबार १८:२६, काठमाडौँ

अर्थ मन्त्रालयका ४ सहसचिवको सरुवा भएको छ।

आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसहित ४ सहसचिवलाई मन्त्रालयबाहिर पठाइएको हो। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोग, दीर्घराज मैनालीलाई राष्ट्रिय सूचना आयोग र नारायणप्रसाद रिसाललाई गृह मन्त्रालयमा पुर्‍याइएको हो। 

अर्थ मन्त्रालयमा मकवानपुरका सीडीओ तीर्थराज चिलुवाल, राष्ट्रिय महिला आयोगकी पार्वती अर्याल र सामान्य प्रशासन मन्त्रालयका श्रीचन्द्र साहलाई ल्याइएको छ।

अर्थ मन्त्रालयमा ल्याइएका सहसचिव र हाल कार्यरत सहसचिवबाटै भन्सार र आन्तरिक राजस्वमा जिम्मेवारी दिइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad