कारोबार


कोसीमा साना तथा मझौला उद्योग प्रवर्द्धन कार्यक्रम सुरु

कोसीमा साना तथा मझौला उद्योग प्रवर्द्धन कार्यक्रम सुरु

नेपालखबर
माघ २३, २०८१ बुधबार १६:१६, विराटनगर

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेश र उदय परियोजनाबीच प्रदेशमा साना तथा मझौला उद्योग प्रवर्द्धनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।  समझदारी पत्रमा हस्ताक्षर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोसीका अध्यक्ष राजेन्द्र राउतले मुलुकको आर्थिक एवं सामाजिक विकासमा लघु घरेलु तथा साना उद्योगको महत्त्वपूर्ण स्थान रहेको बताए।  

नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब २२ प्रतिशत योगदान गरेर १७ लाख मानिसहरूलाई रोजगारी प्रदान गरेको साना तथा मझौला उद्योगको  प्रवर्द्धन अपेक्षित रूपमा हुन नसकिरहेको उनको भनाइ छ। उदय परियोजनाका टिम लिडर अरुण राणाले समझदारीले प्रदेशमा सक्रिय साना तथा मझौला उद्योगलाई लक्षित गरी व्यवसाय विकास परामर्शदाता परिचालन गर्ने साझेदारीको रूपरेखा प्रस्तुत गर्ने बताए। 

कोसी प्रदेशका साना तथा मझौला उद्योग प्रवर्द्धनमा महासघं कोसीले विभिन्न कार्यक्रमहरू सञ्चालन गदै आइरहेको छ। समझदारी पत्रमा उद्योग व्यवसायको पूँजीको पहुँच, लगानी तथा नवप्रर्वतक प्रवर्द्धनलगायतका कार्यक्रम महासंघ कोसीसँगको साझेदारीमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत सघं तथा व्यावसायिक सघं संस्थाको सहकार्यमा अघि बढाउने भनिएको छ।  

यो परियोजना, स्वीस सरकार विकास सहयोग र नेपाल सरकार अर्थ मन्त्रालयद्वारा संयुक्त कोसी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय एवं डाई ग्लोबल, युके लिमिटेडद्वारा कार्यान्वयन गरिएको छ। महासघंको तर्फबाट अध्यक्ष  राउत र उदय परियोजनाका तर्फबाट टिम लिडर अरुण राणाले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad