कारोबार


सरकारी स्वामित्वका कम्पनीमा सर्वसाधारणको सेयर स्वामित्व २५ प्रतिशत बनाउँछौँ : सञ्चारमन्त्री गुरुङ

सरकारी स्वामित्वका कम्पनीमा सर्वसाधारणको सेयर स्वामित्व २५ प्रतिशत बनाउँछौँ : सञ्चारमन्त्री गुरुङ

नेपालखबर
माघ २२, २०८१ मंगलबार १५:३६, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी स्वामित्वमा रहेका कम्पनीहरुमा सर्वसधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारको तयारी रहेको बताएका छन्।

सोमबार नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। उनले सरकारले सार्वजनिक संस्थाहरु सुधार हुन नसकेकाले अब नेपाल टेलिकम तथा नेपाल विद्युत प्राधिकरण जस्ता संस्थाहरुमा सर्वसाधरणको स्वामित्व २५ प्रतिशत पुर्‍याउने योजना सरकारको रहेको बताए।

उनले टेलिकमको ९२ प्रतिशत सेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधरणको रहेको भन्दै अब कम्तिमा पनि २५ प्रतिशत सर्वसाधरणको सेयर पुर्‍याउन आवश्यक रहेको बताए।

उनले सरकारले विद्युत प्राधिकरणको पनि २५ प्रतिशत सेयर सर्वसाधरणको लागि दिने तयारी गरेको उल्लख गरे। उनले सरकारीलाई कम्पनीलाई हेर्ने दृष्टिकोण फरक भएकाले सर्वसाधरणको स्वामित्व वृद्धि गरी जनताले आफ्नो पनि अपनत्व अनुभव गराउन स्वामित्व वृद्धि गर्न आवश्यक रहेको बताए।

उनले संस्थामा जनताको निगरानी बढ्ने र व्यवस्थापनलाई पनि सर्वसाधरण जनता र ग्राहकप्रति संवेदशिल भएर पारदर्शीता कायम गर्नुपर्ने सचेत गराउने बताए। मन्त्री गुरुङले नेपाल टेलिकमले आम्दानीको क्षेत्र पहिचान गरी लाग्न आवश्यक रहेको बताए।

उनले टेलिकम भ्वाइस मात्रै नभएर डाटामा पनि लाग्नुपर्ने समय आएको बताए। नेपाल टेलिकमले कार्य क्षेत्र,सेवाको क्षेत्र बिस्तारको साथै बदलिँदो क्षेत्रमा जान सक्नुपर्ने धारणा राखे। उनल टेलिकमले कार्य क्षमता बढाउनु आजको आवश्यकता भएको बताए। उनले टेलिकम बद्लिँदो अवस्थासँगै आधुनिक हुँदै जानुपर्ने बताए।

उनले भने,‘१० वर्ष पहिला भारत बाहेक अरु सबै नेपाल भन्दा पछाडि थिए। भूटानले समेत पछाडि बनाएको छ। व्यवस्थापनमा पनि समस्या देखिएको छ। त्यसलाई पनि व्यवस्थित गर्नुपर्छ। सरकारका धेरै स्वामित्व भएका संस्थाहरुलाई सार्वजनिक निजी साझेदारीमा लैजानुपर्छ। टेलिकमको ९२ प्रतिशत सेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधरणको छ। अब कम्तिमा पनि २५ प्रतिशत सर्वसाधरणको सेयर पुर्‍याउनुपर्छ। सरकारले विद्युत प्राधिकरणको पति २५ प्रतिशत सेयर सर्वसाधरणको लागि दिने तयारी गरेका छौं।’

उनले सुशासनको लागि प्रमुख काम इकमर्स भन्ने बुझेर सरकारले टेलिकम लगायतको भौतिक पूर्वाधार विकास गर्नु जरुरी रहेको बताए।

आईटी क्षेत्रका लागि भौतिक पूर्वाधार बनेर फोरजी सेवा सबै स्थानीय तहको वडासम्म नपुगेसम्म इगभर्मेन्टको अनुभुति जनतालाई लिन नसक्ने बताए। उनले टेलिकमले कार्यक्रम बनाएर एक वर्षभित्र फोरजी सेवा गाउँगाउँमा पुर्‍याउन सक्नुपर्ने उल्लेख गरे।

उनले टेलिकमले गुणस्तरीय फोरजी सेवा ग्रामिण क्षेत्रका घर–घरमा पुर्‍याउने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे। उनले नेपाल टेलिकमको सेवा नपुगेका क्षेत्रमा टावरहरु थप्पदै सेवामा गुणस्तर बनाउन टेलिकमलाई निर्देशन दिए।

मधेस प्रदेशका सबै जिल्लामा नेपाल टेलिकमको सेवा बिस्तार गर्न आवश्यक रहेको बताए। उनले ६ हजार ७ सय ४३ वडा कार्यालयहरुमा नेपाल टेलिकमले एक वर्षभित्र फोर जी सेवा पुर्‍याउनु पर्ने आवश्यकता रहेको मन्त्री गुरुङको धारणा थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad