कारोबार


कम भिजिविलिटीमा उडान हुन सक्ने प्रणाली भैरहवामा लागू, अनुमति लिएर एयरलाइन्सले प्रयोग गर्न सक्ने

कम भिजिविलिटीमा उडान हुन सक्ने प्रणाली भैरहवामा लागू, अनुमति लिएर एयरलाइन्सले प्रयोग गर्न सक्ने

नेपालखबर
माघ १०, २०८१ बिहिबार १९:१४, काठमाडौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपीएआर) प्रणाली लागू भएको छ। कम भिजिविलिटीमा उडान गर्न सक्ने भू उपग्रहमा आधारित प्रणाली भैरहवामा बिहीबारबाट लागू भएको हो।

विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम जडान भएपनि भारतले अनुमति नदिँदा प्रयोग गर्न सकिएको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा समेत जडान भएको आरएनपीएआर प्रणाली जडान गरी अवतरणमा सहज हुने भएको छ।
 
आरएनपीएआर भूउपग्रहका सिग्नलको आधारमा कसरी उडान गर्ने भन्ने विधि हो। आरएनपीएआर विधिबाट उडान गर्न वायुसेवा कम्पनीले पाइलटलाई छुट्टै तालिम दिएको हुनुपर्छ।  पाइलटको लाइसेन्स दिनेले प्रमाणीकरण गरेपछि उडान गर्न पाउँछन्।

‘आन्तरिक उडान गरिरहेका बुद्ध, यति एयरलाइन्सले ८०० को भिजिविलिटीमै उडान गर्न सक्छन्,’ गौतमबुद्ध विमानस्थलका प्रवक्ता दीपककुमार बज्रचार्यले भने,‘न्यारोबडी, वाइडबडीका जहाजलाई न्युनतम ९०० मिटरको भिजिविलिटीमा उडान गर्न सक्छन्।’

हाल अन्तर्राष्ट्रिय उडान गर्ने अधिकांश जहाजमा उक्त सिस्टममा चल्न सक्छन्। काठमाडौंमै कतिपय एयरलाइन्सले त्यसमार्फत उडान गरिरहेका छन्। तर सबै एयरलाइन्सका पाइलटले उक्त विधिमा उडानको अनुभव छैन।

काठमाडौंमा कतार एयरवेज, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कोरियन एयरलाइन्सले भूउपग्रहमा आधारित विधिबाटै उडान गर्छन्। तर भैरहवामा उडान गर्ने जजिरा, फ्लाई दुबई, एयर अरेबियाले आरएनपीएआर विधिबाट उडान गर्दैनन्।

आन्तरिक उडान गर्ने बुद्ध र यतिले समेत आरएनपीएआर विधिबाट हाल उडान गर्न सक्दैनन्।

‘हामीले प्रणाली जडान गरी लागू गरिसकेका छौं। अब इच्छुक एयरलाइन्सले उड्डयन प्राधिकरणसँग अनुमति लिई उडान गर्न सक्छन्,’ बज्रचार्यले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad