कारोबार


महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै (तस्बिरहरू)

महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै (तस्बिरहरू)

सरोज नेपाल
माघ १०, २०८१ बिहिबार १५:७, काठमाडौँ

महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट-धुलिखेल सेवा सुरु गरेको हो। काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरू आजदेखि सञ्चालनमा ल्याएको हो।

नयाँ बसहरूरु थपिएसँगै महानगर यातायातका बसहरू ८९ पुगेको प्रालिले जनाएको छ।

सिप्रदी ट्रेडिङ्ग प्रालिले सोही कार्यक्रममा बसहरूको चाबी महानगर यातायात प्रालिलाई हस्तान्तरण गरेको हो। नयाँ बसहरू सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरूमा पनि सेवा बिस्तार गरेको महानगर यातायात प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले बताए।

आजदेखि नै महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चाकको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरूलाई सेवा प्रदान गर्न सुरु गरेको खतिवडाले बताए। साथै महानगर यातायात प्रालिले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको पनि जानकारी गराए।

उनले महानगरले छिटै नै १० वटा विद्युतीय बसहरू समेत सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जानकारी दिए। एक वर्षभित्रै ५० वटा विद्युतीय बसहरू सञ्चालन गर्ने तयारी रहेको उनको भनाई थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad