कारोबार


पेट्रोलियम मोडलमै रमाएको मारुती सुजुकी अब विद्युतीयमा, पहिलो विद्युतीय ‘ई-भिटरा’

पेट्रोलियम मोडलमै रमाएको मारुती सुजुकी अब विद्युतीयमा, पहिलो विद्युतीय ‘ई-भिटरा’

वसन्त अर्याल
माघ ५, २०८१ शनिबार ११:३१, नयाँ दिल्ली

पेट्रोलियम गाडी उत्पादनमै प्राथमिकता दिएको मारुती सुजुकीले आफ्नो पहिलो विद्युतीय मोडल सार्वजनिक गरेको छ। भारत अटो मोविलिटी २०२५ मा ई–भिटरा गाडी शोकेस गरेको हो। 

मारुती सुजुकीले ‘ई फर मी’ रणनीतिमा विद्युतीय गाडी तयार गरेको छ। विश्वव्यापी रुपमा सन् २०२४ मा इटालिमै शोकेस गरिएको थियो। सुजुकी ई–भिटरा ग्लोबल मोडलको रुपमै उत्पादन हुँदैछ। 

भिटरामा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको ब्याट्रि प्याक छ। गाडी एक पटकको चार्जमा ५०० किमी गुड्ने अनुमान गरिएको छ। ४९ किलोवाट आवरको ब्याट्रि रहेको गाडीले १४२ बीएचपी र १८९ एनएम टर्क जेनेरेट गर्छ। ६१ किलोवाट आवरको ब्याट्रिमा जडित मोटरले १७४ बीएचपी  र १८९ टर्क जेनेरेट गर्छ। 

‘हामी अबको १ वर्षभित्र विद्युतीय गाडी उत्पादनमा नम्बर १ हुने लक्ष्यका साथ उत्पादन गरिरहेका छौं,’ मारुती सुजुकी इन्डियाका प्रवन्ध निर्देशक तथा सिइओ हिसासी टकेचीले भने, ‘ई–भिटरा उत्पादनलागि मात्रै २१ अर्ब भारतीय रुपैयाँ खर्च गरेका छौं।’

ई–भिटरा फोरह्वील ड्राइभमा उपलब्ध हुने छ। कम्पनीले अटो एक्स्पोमा उत्पादनको लागि तयार पारिएको मोडल देखाएको छ। गाडी आधिकारिक रुपमा भने केही महिनापछि मात्रै सार्वजनिक हुनेछ। गाडीको मुल्य १७ लाख भारतीय रुपियाँ हुने अनुमान गरिएको छ। गाडी १८ इन्च र १९ इन्चको अल्वेह्विमा आउने छ। 

भारतको गुजरात प्लान्टमा निर्माण भैरहेको ईभिटरा गाडीको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ। गाडीको लम्बाई ४, ४२७५ एमएम, चौडाई १८०० एमएम, उचाई १६३५ रहेको छ। भारतमा उत्पादन भएको मोडल नै विश्वका १०० बढी देशमा निर्यात गर्ने तयारी गरेको छ। युरोप र जापानमा समेत भारतमै उत्पादिन मोडल निर्यात हुनेछ। 

गाडीमा १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ३६० क्यामेरा, लेभल २ एडास सेफ्टी फिचर्स छन्। ई–भिटराले टाटाको कर्भ, हुन्डाई क्रेटा ईभी, एमजी जेटएस, महिन्द्रा बीई ६ संग प्रतिस्पर्धा गर्नेछ। 

भारतमा मार्च महिनामा सार्वजनिक भए नेपालमा नाडा अटो एक्स्पो वा दशैंसम्म सार्वजनिक हुनेछ। नेपालमा सुजुकीको आधिकारिक विक्रेता सुजुकी मोटोकर्पले भारतमा सार्वजनिक भएको मोडल नेपाल भित्रने जानकारी दिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad