कारोबार


भारत मोविलिटी एक्स्पो-२०२५ नयाँ दिल्लीमा सुरु

भारत मोविलिटी एक्स्पो-२०२५ नयाँ दिल्लीमा सुरु

नेपालखबर
माघ ५, २०८१ शनिबार ११:४४, काठमाडौँ

भारत मोविलिटी एक्स्पो २०२५ नयाँ दिल्लीमा सुरु भएको छ। 

नयाँ विद्युतीय मोडलमा लक्षित अटो एक्स्पोको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन्। 

विश्व बजार विद्युतीय गाडीमा गैसकेको छ। नेपालको छिमेकी मुलुक विद्युतीय गाडी उत्पादन र खपतमा सबैभन्दा अघि रहेपनि भारतले पेट्रोलियम गाडीलाई नै लक्षित गरेको थियो। 

भारतमा वार्षिक विक्रीको करिब ५ प्रतिशत मात्रै विद्युतीय कार विक्री हुन्छन्। जबकी नेपालमा ७० प्रतिशत गाडी विद्युतीय विक्र हुन थालिसकेका छन्। 

जनवरी १७ बाट शुरु भएको ग्लोबल एक्स्पोमा प्यासेन्जर भेहिकलमा विद्युतीय मोडल नै सार्वजनिक गरेका छन्। टाटा, हुन्डाई, सुजुकी, महिन्द्राले विद्युतीय मोडललाई नै प्राथमिकता दिई सार्वजनिक गरेका छन्। 

अटो एक्स्पोमा प्यासेन्जर भेहिकल, कमर्सियल भेहिकल, दुईपांग्रेका मुख्य ब्रान्डको उपस्थित छन्। मारुती सुजुकी, हुन्डाई टाटा, किया, एमजी, स्कोडा, फक्सवागन, महिन्द्रा, बीवाईडी लगायतका प्यासेन्जर भेहिकलको शोकेस गरिएको छ। 

भारतको २४० विलियिन अटो उद्योग छ। भारतको कुल ग्राहस्थ उत्पादनमा ७ प्रतिशत योगदान गर्छ। १४ देखी  १५ प्रतिशत राजश्व संकलन अटो क्षेत्रबाटै हुन्छ भने निर्यात हिस्सा अटो क्षेत्रको ७ प्रतिशत रहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad