कारोबार


प्राधिकरणले पुस महिनामा १९ हजार ग्राहकको लाइन काटेर उठायो २३ करोड

प्राधिकरणले पुस महिनामा १९ हजार ग्राहकको लाइन काटेर उठायो २३ करोड

नेपालखबर
माघ २, २०८१ बुधबार १३:१, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले गएको पुस महिनामा १९ हजार ग्राहकको लाइन काटेर झण्डै २३ करोड रुपैयाँ बक्यौता महसुल उठाएको छ।

प्राधिकरणको तथ्यांक अनुसार, महिनाभरिमा १९ हजार २३२ ग्राहकको लाइन काटिएको थियो। तीमध्ये १४ हजार १११ ग्राहकले बक्यौता तिरेर लाइन जोड्न लगाएका छन्।

यस महिनामा बक्यौता रकम २२ करोड ८४ लाख ५९ हजार ६ सय ९४ रुपैयाँ असुल भएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय, अर्थ महाशाखाको विवरणमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad