कारोबार


भोयद्योको सभापतित्वमा नेपाल चेम्बर अफ कमर्सले बनायो पूर्वाधार तथा भूमि सुधार समिति

भोयद्योको सभापतित्वमा नेपाल चेम्बर अफ कमर्सले बनायो पूर्वाधार तथा भूमि सुधार समिति

नेपालखबर
पुस २२, २०८१ सोमबार १८:३, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित पूर्वाधार तथा भूमि सुधार समितिको गठन प्रक्रिया पूरा भएको छ।

चेम्बरको ७३औँ साधारणसभा तथा अधिवेशनपश्चात् चेम्बरको नवगठित कार्यसमितिको कार्यसमिति सदस्य रोशन भोयद्योलाई यस समितिको सभापतिमा मनोनयन गरिएको हो।

उनको सभापतित्वमा पूर्वाधार, जग्गा तथा आवास विकास, इँटालगायतका निर्माण सामग्री एवं निर्माण व्यवसायमा संलग्न र सम्बन्धित व्यवसायका ज्ञाताहरु सम्मिलित समिति गठन भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।

यस समितिको वरिष्ठ सल्लाहकारमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्रा तथा सल्लाहकारहरुमा ओम हस्पिटल एण्ड रिसर्ज सेन्टर प्रा.लि.का सञ्चालक तथा ओम हेल्थ क्याम्पसका अध्यक्ष टंक बहादुर श्रेष्ठ र कानुनविज्ञ गोकुल बुर्लाकोटी तथा संघसंस्था विज्ञ उत्तम प्रसाद झा छन्।

समितिको पहिलो बैठकले हालै नेपाल सरकारद्वारा जारी भएको परिमार्जित सहरी विकास नीति २०८१ को स्वागत गरेको छ। साथै बैठकले उक्त नीतिअन्तर्गत गठन हुनुपर्ने समितिहरु समयमै गठन गर्न र बन्नुपर्ने नियमावलीहरु शीघ्र तयार गर्नका लागि सरकारको ध्यान जानुपर्ने कुरामा जोड दिएको छ।

विगतको अनुभवलाई ध्यानमा दिएर यस्ता नियमहरु बनाउँदा नेपाल चेम्बर अफ कमर्स र सम्बन्धित व्यावसायिक संघका साथै व्यवसायीहरुको उचित उपस्थिति र सल्लाहमा बनाइएको खण्डमा यसले देशभर पूर्वाधार र भूमि सुधारका क्षेत्रमा काम गर्ने वातावरण निर्माण हुने कुरामा पनि बैठकले ध्यानाकर्षण गराएको छ। 

बैठकले पूर्वाधार विकास तथा भूमि सुधार क्षेत्र, देशको अर्थतन्त्र चलायमान बनाउन र कुल गार्हस्थ्य उत्पादनमा प्रमुख योगदान गर्ने क्षेत्र हुँदाहुँदै पनि विभिन्न कारणले यस क्षेत्रमा लाग्ने व्यवसायीहरुको मान् बढ्ने खालका कार्य हुन नसकेको र व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा पनि सरकार र समाजकोतर्फबाट सकारात्मक सोच राख्न जरुरी रहेको कुरामाथि जोड दिइएको छ।

हाल सुस्त अवस्थामा रहेको पूर्वाधार विकास तथा भूमि सुधार एवं आवास विकास जस्ता क्षेत्रमा उत्साह थप्नमा सरकारले देशभित्र उपलव्ध निर्माण सामग्रीको कच्चा पदार्थ आदिको उचित परिचालन, आयातमा सुविधा, अन्तर सरकारी निकायहरुबीच समन्वय, विकासका काममा निजी क्षेत्रको संलग्नतालाई बृध्दि गर्नुपर्नेजस्ता विषयहरुमा सरकारको ध्यान जानुपर्ने विषयहरुमा समितिको बैठकले चर्चा गरेको छ।

साथै आवास विकास गर्ने कम्पनीहरुका लागि जग्गाको हदबन्दीमा भएको सीमा हटाउनुका साथै निर्माण सम्पन्न भएका योजनाहरुको समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउनेतर्फ पनि सरकारलाई ध्यान दिनका लागि अनुरोध गरेको छ। 

यसैगरी समितिले आफ्नो पहिलो बैठकबाट आ.व. २०८१/२०८२ मा प्रमुखरुपमा गरिने कार्यक्रमहरु पनि तय गरेको छ । जसअनुसार निम्नलिखित कार्यक्रमहरुलाई समितिले प्राथमिकता दिई निम्न कार्यक्रमहरु कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । 

  • पूर्वाधार विकास तथा भूमि सुधार सम्बन्धमा चेम्बरमार्फत निरन्तररुपमा सरकारलाई सुझाव प्रस्तुत गर्ने ।
  • नेपाल सरकारव्दारा जारी गरिएको सहरी विकास नीति २०८१ को विषयमा गहन अध्ययन गरी सम्बन्धित पक्षहरु सम्मिलित जानकारीमूलक अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने ।
  • विद्यमान अवस्थामा पूर्वाधार विकास र भूमि सुधार विषयमा व्यवसायीहरुले सामना गरिरहनु परेको कठिनाइ र गुनासो संकलन गरी यसको निवारणका लागि प्रयासरत् रहने ।
  • देशको अर्र्थतन्त्र विकासका लागि पूर्वाधार विकास तथा भूमि सुधार क्षेत्रको योगदान बृध्दि गर्नका लागि विभिन्न मुलुकले अपनाएका उत्तम अभ्यास र नीति नियमहरु संकलन गरी आवश्यक समीक्षा पश्चात् सरकारलाई सुझाव प्रस्तुत गर्ने । 
  • नेपाल चेम्बरका प्रदेश तथा जिल्ला संघहरुलाई पनि पूर्वाधार र भूमि सुधार जस्ता विषयको महत्वलाई दृष्टिगत गरी आ—आफ्नो क्षेत्रमा समन्वयात्मक ढंगमा काम गर्नसक्ने गरी यससम्बन्धी एक निर्देशिका तयार गरी लागू गराउने । 
नाम पद
रोशन भोयद्यो         सभापति
विदुर धमला      सहसभापति
सुमित अग्रवाल     सहसभापति
दीपक कुमार मल्होत्रा      वरिष्ठ सल्लाहकार
गोकुल बुर्लाकोटी     सल्लाहकार
उत्तम प्रसाद झा      सल्लाहकार 
टंक बहादुर श्रेष्ठ       सल्लाहकार
अच्यूत कटवाल       सदस्य
दिपेश लामा       सदस्य
पूर्णिमा राजभण्डारी       सदस्य
राधेसुन्दर सायंजू      सदस्य
विदुर प्रसाद बर्तौला      सदस्य
अनिल शिवाकोटी         सदस्य
कविन महर्जन     सदस्य
विष्णुभक्त मारिखु       सदस्य
ई. अनिल मानन्धर       सदस्य
राजुमान बज्राचार्य     सदस्य  
हेमप्रकाश उप्रेती      सदस्य
श्रीधर महरा       सदस्य
कमल बस्नेत       सदस्य
पुष्परत्न शाक्य      सदस्य  

      

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad