१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकृया रद्द भएको छ। गत जेठमा जगदुल्ला जलविद्युत कम्पनीले ईपीसी मोडलमा आब्हान गरेको ठेक्का रद्द गरिएको हो।
सरकारी कम्पनी जगदुल्लाम आवेदन दिएका कम्पनी प्राविधिक रूपम कमजोर रहेको भन्दै ठेक्का रद्द गरिएको हो। सोमबार सार्वजनिक सूचना जारी हुने छ।
आवेदन दिनेमा नेपालीसँग विदेशी कम्पनी संयुक्त उपक्रममा सहभागी थिए। हाइ हिमालयन हाइड्रो र एजीई कम्पनीको जेभी, पटेल इन्जिनियरिङ, झोङदिङ इन्टरनेशनल, लामा कन्स्ट्रक्सन, सिनो हाइड्रो कर्पोरेशन लगायतका कम्पनी थिए।
करिब २३ अर्ब अनुमान गरिएको कम्पनीमा वित्तीय व्यवस्थापन भैसकेको छ। एचआईडीसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले ४ अर्ब लगानी गर्ने छ।
बैकहरूतर्फ लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन्।
Shares

प्रतिक्रिया