ad ad

कारोबार


कोरोनाबाट साना व्यवसाय जोगाउन कोरियाले छुट्यायो ३८ अर्ब डलर

कोरोनाबाट साना व्यवसाय जोगाउन कोरियाले छुट्यायो ३८ अर्ब डलर

नेपालखबर
चैत ६, २०७६ बिहिबार ७:३३,

दक्षिण कोरियाले साना व्यवसाय जोगाउन ३८ अर्ब ८० करोड डलर छुट्याएको छ। एजेन्सीहरुका अनुसार कोरियाले आकस्मिक कोषमा उक्त रकम उपलब्ध गराउनेछ।

विश्व महामारी बनेको कोरोना भाइरसले अधिकांश देशको साना व्यवसायमा मार परिरहँदा कोरियाले बिहीबार ३८ अर्ब डलरको राहत प्याकेज छुट्याएको हो।

कोरियाली अर्थमन्त्री होंग नाम किले भने, ‘हामीले राष्ट्रिय वित्तीय संकटविरुद्ध जुध्न ५ सय खर्ब वन छुट्याएका छौँ।’

वित्तीय स्थिरताका लागि ल्याइएको राहत प्याकेजले जनताको दैनिक जीवनलाई प्राथमिकतामा राखेको बताउँदै उनले यसले साना व्यवसायलाई सघाउने जानकारी दिए।

दोस्रो प्राथमिकतामा वित्तीय भारलाई कम गर्न सघाउने र तेस्रो प्राथमिकतामा वित्तीय स्थिरता कायम गर्ने रहेको बताइएको छ।

राहत प्याकेज घोषणा गर्नुअघि राष्ट्रपति मुन जाए इनले आकस्मिक आर्थिक बैठक राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .