नेपालका तारे होटलको मूल्य २ हजार ३ सयदेखि ८ हजार रुपैयाँसम्म रहेको एक सर्वेक्षणले देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले गरेको सर्वेक्षणअनुसार बागमतीमा सञ्चालित तारेहोटलहरू सबैभन्दा महँगो देखिएका छन्।
कोशी प्रदेशमा तारे होटलका कोठाको औसत मूल्य २ हजार ४ सय, मधेशमा २ हजार ३ सय, गण्डकीमा ६ हजार १००, लुम्बिनीमा ५ हजार १४४ रहँदा बागमतीमा ८ हजार २८८ रुपैयाँ छ।
यता होटल तथा लजतर्फ भने गण्डकी प्रदेशका सबैभन्दा महँगो छन्। गण्डकीको २ हजार ४ सय ७५, कोशीमा २ हजार ३ सय ७, बागमतीमा २ हजार ९२, मधेशमा १ हजार ५ सय ९९, लुम्बिनीमा १ हजार ५ सय ७, कर्णालीमा १७ सय र सुदूरपश्चिममा १ हजार ५ सय ६८ रुपैयाँ कोठा शुल्क रहेको सर्वेक्षणमा देखिएको छ।
त्यसैगरी होमस्टेले समेत एक हजारदेखि साढे १७ सय रुपैयाँसम्म लिने गरेका छन्। सर्वेक्षणअनुसार नेपालमा आवास तथा भोजन सेवा प्रदान गर्ने जम्मा १ लाख ४२ हजार २२३ वटा सेवाप्रदायक छन्। जसमा ३ लाख ८७ हजार ७४७ मानिसहरू सहभागी छन्। होटलहरुले दिने गरेको तलब, ज्याला २० अर्ब ६१ करोड रुपैयाँ छ।
होटलमा कुल लगानी २ खर्ब १६ अर्ब रहेकामा ३ खर्ब २६ अर्ब रुपैयाँबराबरको सेवा उत्पादन भइरहेको छ।
नेपालको अर्थतन्त्रमा १ खर्ब ९ अर्बको मूल्यअभिवृद्धि यो क्षेत्रले गरेको छ। होटलहरुको स्थायी सम्पत्ति ५ खर्ब ४३ अर्ब रुपैयाँ छ।
देशभरका २८.४ प्रतिशत होटलले बैंक तथा वित्तीय संस्थाहरुसँग ऋण लिएका छन् भने ७१.६ प्रतिशत होटलले ऋण नै नलिएको सर्वेक्षणले देखाएको छ।
Shares

प्रतिक्रिया