साताको अन्तिम कारोबार दिन सेयर कारोबारमा सुधार भएको छ।
बुधबार ३ अर्ब ५९ करोडको कारोबार भएको सेयरबजारमा बिहीबार ४ अर्ब ६० करोडको किनबेच भएको हो।
कारोबारसँगै सूचकमा पनि ४.६३ अंकको सुधार आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
नेप्से २५८६.२३ विन्दुमा रहेको दिन १५६ वटा सेयर बढेका छन्। त्यस्तै ७७ वटाको मूल्य घट्दा ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
आज सबैभन्दा धेरै ङादी हाइड्रोपावरको १० प्रतिशतले बढेको छ। त्यसैगरी सामुदायिक लघुवित्तको ९.९६ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ९.९०, सिन्धु विकास बैंकको ९.७९ र सुपरमादी हाइड्रोपावरको ९.६५ प्रतिशतले सेयर बढेको छ।
तर सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स, नेपाल दूरसञ्चार कम्पनीलगायतको सेयरमा भने गिरावट आएको छ। कारोबारमा आज सबैभन्दा अगाडि रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४६ करोडको खरिदबिक्री भएको छ। दोस्रो धेरै कारोबार ङादीको २० करोड, हिमालयन डिस्टिलरीको ११ करोड र कर्पोरेट डेभलपमेन्ट बैंकको पनि ११ करोडको कारोबार भएको छ।
आजको कारोबारमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, जीवन बीमा, सामूहिक लगानी कोष, निर्जीवन बीमालगायतका उपसूचक हरियो हुँदा बाँकी राताम्य छन्।
Shares

प्रतिक्रिया