कारोबार


१ लाख ४२ हजार होटल तथा रेस्टुरेन्टमा ५ खर्ब ४३ अर्ब लगानी

१ लाख ४२ हजार होटल तथा रेस्टुरेन्टमा ५ खर्ब ४३ अर्ब लगानी

नेपालखबर
पुस १७, २०८१ बुधबार १६:२३, काठमाडौँ

नेपालमा राष्ट्रिय होटल तथा रेस्टुरेन्टको संख्या १ लाख ४२ हजार २२३ रहेका छन्।

बुधबार राष्ट्रिय तथ्यांक कार्यालयले काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय होटल तथा रेस्टुरेन्टको संख्या देशभर १ लाख ४२ हजार २२३ रहेको जनाएको हो।

आर्थिक वर्ष २०७९/०८० भित्र तथ्यांक कार्यालयले गरेको सर्वेक्षणमा आवास तथा भोजन सेवा प्रदान गर्ने होटल तथा रेस्टुरेन्टको संख्या १ लाख ४२ हजार २२३ रहेको जानकारी दिएको छ। उक्त संख्यामा रहेका होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूको संख्या ३ लाख ८७ हजार ७४७ रहेको तथ्यांक कार्यालयले जनाएको छ।

सार्वजनिक तथ्यांकअनुसार देशभरका १ लाख ४२ हजार २२३ वटा होटल तथा रेस्टुरेन्टमा काम गर्नेहरूको संख्या एक लाख ६ हजार ४५९ रहेको छ। यस अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले कार्यरत तलवी कामदारहरूको लागि तलव ज्याला र सुविधामा करिब २० अर्ब ६१ करोड ५० लाख खर्च हुने गरेको तथ्यांकले देखाएको छ।

सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टहरूको करिब २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य लागत गरी करिब ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ।

होटल तथा रेस्टुरेन्टले नेपालको अर्थतन्त्रमा करिब १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गरेको छ। देशभर सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टको करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको तथ्यांकले देखाएको छ।

पत्रकार सम्मेलनमा तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले तथ्यांक संकलनमा सकेसम्म अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय मापदण्डहरू पूरा गरेको बताए। गणकहरूलाई दिने सेवा सुविधाहरूमा कमी रहेको उनको भनाई थियो।

उनले भने, ‘तथ्यांक संकलनमा जानेसम्म अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय मापदण्डहरु पूरा गर्दछौँ। नियतले जाने बुझेसम्म गलत गर्दैनौँ। तैपनि गणकहरुलाई दिने सेवा सुविधाहरु साह्रो कमजोर छ। सिमित पारिश्रमीकमा गणकहरुलाई खटाएका छौँ। फिल्डमा गएर काम गर्न धेरै नै गाह्रो छ।’

होटल तथा रेस्टुरेन्टमध्ये करिब २८.४५ ले वित्तीय संस्थाहरुसँग ऋण लिएको देखिएको र ७१.६५ प्रतिष्ठानहरूको ऋण नभएको/नलिएको देखिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad