कारोबार


दीपेन्द्रसिंह ऐरीलाई हस्तान्तरित ओमोडा इफाइभको उपहार कर शारडा ग्रुपले दिने

दीपेन्द्रसिंह ऐरीलाई हस्तान्तरित ओमोडा इफाइभको उपहार कर शारडा ग्रुपले दिने

नेपालखबर
पुस १०, २०८१ बुधबार १४:५८, काठमाडौँ

एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी शारडा ग्रुपले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ तथा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरीलाई ओमोडा इफाइभ डिलक्स एसयूभीसहित पुरस्कृत गरेको छ।

ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह–प्रायोजक हो।

एनपीएलभरी दिपेन्द्र सिंह ऐरीले समग्र रूपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली कप्तानको भूमिका खेले। प्रतियोगिताभरी ९ खेलहरूमा जम्मा २२७ रन बनाउँदै, ९ विकेट लिँदै, र ७ रनआउट गराउँदै, आफ्नो टोलीको फाइनल खेलसम्म सफलताको यात्रामा महत्वपूर्ण योगदान पुर्‍याए। कुशल क्याच तथा शानदार रनआउट निकाल्दै फिल्डिङमा अब्बल पकड राख्ने दिपेन्द्र पारस खड्का पछिका पुस्ताबाट उदाउँदा खेलाडीमध्ये एक हुन्।

ओमोडा एन्ड जेइकोले नेपाली खेलजगतमा उत्कृष्ट प्रतिभाको पहिचान गर्दै ती प्रतिभालाई बढावा दिनुपर्नेमा जोड दिएको छ।

लिगको समापनपछि आयोजित विशेष समारोहमा ऐरीलाई ओमोडा–ईफाइभ प्रदान गरिएको थियो। पुरस्कारबापत गाडीमा लाग्ने कर शारडा ग्रुपले व्यहोर्नेछ। २०२४ को अगस्टमा नेपालमा सार्वजनिक गरिएको, अत्याधुनिक विशेषताहरू र आकर्षक डिजाइनसहितको यो अलइलेक्ट्रिक एसयूभीले ऐरीको उल्लेखनीय प्रदर्शनको सम्मान तथा हौसलाको रूपमा काम गर्ने कम्पनीको विश्वास छ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करण एनपीएल २०२४ का खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यही मंसिर १५ देखि पुष ६ गतेसम्म भएको थियो । क्रिकेटको यो ऐतिहासिक र भव्य लिगमा आधिकारिक ‘ड्रिभन बाइ’ सह–प्रायोजकका रूपमा, ओमोडा एन्ड जेइको हरेक खेलमा उपस्थित रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad