जीवन विकास लघुवित्तबाट एकै पटक १२ जना संस्थापक सेयरधनी बाहिरिनलागेका छन्।
झण्डै २१ लाख बढी कित्ता सेयर बेचेर उनीहरु लघुवित्तबाट बाहिरिन लागेका हुन्।
लघुवित्तले १२ सेयरधनीहरुको २१ लाख ३० हजार ८ सय ५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
लघुवित्तले इच्छुक संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र आवेदन दिन भनेको छ।
इच्छुकले सो अवधिभित्र आफूले किन्न चाहेको सेयर कित्ता संख्यासहितको आवेदन ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय कटहरी मोरङमा दिनुपर्नेछ।
87
Shares

प्रतिक्रिया