कारोबार


भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ हुनसक्छ : इप्पान अध्यक्ष कार्की

भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ हुनसक्छ : इप्पान अध्यक्ष कार्की

नेपालखबर
पुस ४, २०८१ बिहिबार १७:८, काठमाडौँ

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका अध्यक्ष गणेश कार्कीले भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा इप्पानले २५ औं वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन्।

उनले नेपाल जलविद्युतको धनी देश, विद्युत उत्पादनको प्रचुर सम्भावना भए पनि अहिलेदेखि लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बताए।

उनले भारतले विद्युत दिन छोड्ने हो भने नेपालले १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बारम्बार भन्दै आएको बताए।

१२ महिना मुलुकलाई लोडसेडिङ मुक्त गर्न नेपालमा भएको स्रोतलाई लगानीमार्फत विद्युत उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए। उनले विद्युत निर्यातको लागि भारत र बंलादेशसँग सम्झौता भएपनि विद्युत उत्पादनको लागि कुनै पनि काम अघि बढ्न नसकेको उल्लेख गरे।

उनले भने,‘नेपाल जलविद्युतको धनी देश,विद्युत उत्पादनको प्रचुर सम्भावना भएको देश तर हामीले अहिलेदेखि लोडसेडिङ भोग्ने हो कि भन्न थालेका छौं । भारतले विद्युत दिन छाडेको हो भनेका छौं। मैले धेरै पटक भनी सकेँ। भारतले विद्युत नदिने हो भने नेपालले १० घण्टा लोडसेडिङ भोग्नुपर्छ। १२ महिना मुलुकलाई लोडसेडिङ मुक्त गर्न के गर्नुपर्छ भनेर खोज्नुपर्ने दिन आएको छ। विद्युत निर्यातको लागि भारत र बंलादेशसँग सम्झौता भएको छ तर अगाडि बढ्न सकेको छैन।’

अध्यक्ष कार्कीले विद्युत उत्पादनको लागि रोकिएको पीपीए तत्काल खुला गर्न आवश्यक रहेको बताए। उनले २०३५ सम्म २८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लागि ६७ खर्ब र ट्रान्समिसन लाइनमा १० खर्ब लगानी आवश्यक रहेको स्पष्ट पारे। उनले स्वदेशमा भएको पुँजी लगानी गर्नुपर्ने भएपनि सार्वजनिक लेखा समितिले आइपीओमा गएका कम्पनीले ३३ प्रतिशत सेयर बेच्न पाइँदैन भनेर लगाम लगाउनु जायज नभएको बताए।

उनले भने, ‘विद्युत उत्पादनको लागि पीपीए रोकेर बसेको छ। २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लागि ६७ खर्ब र ट्रान्समिसन लाइनमा १० खर्ब लगानी आवश्यक छ। स्वदेशमा भएको पुँजी लगानी गर्नुपर्ने हुन्छ। सार्वजनिक लेखा समितिले आइपीओमा गएका कम्पनीले ३३ प्रतिशत सेयर बेच्न पाइँदैन भनेर लगाम लगाउँदै छ। सरकार विद्युत उत्पादनमा लगानी आवश्यक भन्छ तर सरकारका निकायहरु रोक्ने काम गरेका छन्। नेपालीहरुले उत्पादन गरेका विद्युतले लोडसेडिङ मुक्त गराउने हो भने अब फास्ट ट्राकमा हिँड्नुपर्ने बेला आएको छ।’

अध्यक्ष कार्कीले सरकार विद्युत उत्पादनमा लगानी आवश्यक छ भन्ने तर सरकारका निकायहरु रोक्ने काम बन्द गर्न आवश्यक रहेको बताए। उनले नेपालीहरुले उत्पादन गरेका विद्युतले लोडसेडिङ मुक्त गराउने हो भने अब फास्ट ट्याकमा हिँड्नुपर्ने बेला आएको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad