अर्थमन्त्री विष्णु पौडेलले घरजग्गा क्षेत्रले व्यवसायी मात्रै नभई देश निर्माणमा नै महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।
जग्गा तथा आवास विकास महासंघको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले व्यवस्थित आवासका योजना अघि बढाउनुपर्ने बताएका हुन्।
मन्त्री पौडेलले रियल स्टेटको कारोबार गर्नेलाई लाइसेन्स दिनुपर्छ भन्नेमा सकारात्मक रहेको बताए।
महासंघका वरिष्ठ उपाध्यक्ष दिपक मलहोत्राले रियल स्टेट व्यवसाय धराशायी भएको बताए। उनले सरकारले खोला किनाराको थप २० मिटर मापदण्ड कार्यान्वयन रोकेकोमा सरकारलाई धन्यवाद दिए।
नेपालमा विदेशीलाई अपार्टमेन्ट खरिद गर्न दिँदा विदेशी मुद्रा आर्जन र पर्यटकमा आगमन बढ्ने बताए। घरजग्गा व्यवसायलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताए। रियल स्टेट व्यवसायमा जग्गा हदबन्दीले व्यवसाय फस्टाउन नसकेको बताए।
मन्त्री पौडेलले जवाफ दिँदै हदबन्दीको व्यवस्थाले हाम्रो समाजमा राम्रो योगदान गरे पनि अब पुनर्विचार गर्नुपर्ने अवस्था रहेको बताए। अपार्टमेन्टको जग्गा कसको हुने भन्नेमा स्पष्टता हुनुपर्नेमा सरकारले ध्यान दिने बताए।
व्यवसायीका शतप्रतिशत माग सम्बोधन गर्न नसके पनि घरजग्गा व्यवसायलाई धराशायी हुन नदिने बताए।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्रमा चाप परेकाले घरजग्गा व्यवसाय फस्टाउन नसकेको बताए।
Shares

प्रतिक्रिया