सीजी होल्डिङ्सले ललितपुरको झम्सिखेलमा ‘द प्लाजा’ कन्भेन्सन सेन्टर सञ्चालनमा ल्याएको छ।
अरुण चौधरी नेतृत्वको होल्डिङ्सले २५ सय क्षमताको कन्भेन्सन सेन्टर गत हप्ताबाट सञ्चालनमा ल्याएको हो।
सिग्नेचर इभेन्ट्स प्रालिले द प्लाजा ब्रान्डमा कन्भेन्सन सेन्टर सञ्चालन गर्दै छ।
यसमा ३ वटा बल रुम अर्थात् प्रिमियम हल रहेका छन्। जुन विवाह, कर्पोरेट कार्यक्रम गर्नकोलागि उपयुक्त रहेको सीजीले जनाएको छ।
द प्लाजाका अपरेसन म्यानेजर सुबोध बुढाथोकीले कन्भेन्सन सेन्टरमा ३०० कार पार्किङसहित नेपालको सबैभन्दा ठूलो कन्भेन्सन सेन्टर भएको बताए।
‘२ वटा भीआईपी रुम छन्। पाँचतारे स्तरको सुविधा दिने गरी डिसेम्बर ६ बाट कन्भेन्सन सेन्टर सञ्चालनमा ल्याइएको छ’, बुढाथोकीले भने, ‘२८ हजार वर्गफिटमा कन्भेन्सन सेन्टर निर्माण भएको छ।’
सीजी होल्डिङस्ले झम्सिखेलमै पाँचतारे होटल निर्माण गरिरहेको छ।
तस्बिरहरु



























Shares

प्रतिक्रिया