नेपाल बैंकर्स संघमा १४ वर्षपछि निर्वाचन मार्फत अध्यक्ष चुनिने भएको छ। संघले पुस ३ गते साधारणसभा गर्दैछ। सोही दिन चुनाव गराएर संघको अध्यक्ष चुन्ने भएको हो।
संघकको अध्यक्षमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र माच्छापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लड्दैछन्।
दुवै सीईओले संघको अध्यक्षका लागि उम्मदवारी दर्ता गराईसकेका छन्।
हाल एनएमबी बैंकका अध्यक्ष सुनिल केसी संघको अध्यक्षमा छन्। उनी सहमतीमार्फत दुई वर्षे कार्यकालका लागि संघको अध्यक्ष भएका थिए।
यस अघिका १४ वर्षसम्म सहमतीमार्फत अध्यक्ष चुनिदै आएकोमा भने यो वर्ष चुनावी माहोल बनेको हो। अध्यक्षका उम्मेदवार कोइराला हाल संघको उपाध्यक्ष हुन् भने शेरचन संघका कार्यसमिति सदस्य हुन्।
अहिलेको कार्यकालमा अध्यक्ष सुनिल केसी, उपाध्यक्ष सन्तोष कोइराला र सदस्यहरुमा अशोक शेरचन, नेपाल एसबीआई बैंकका सीईओ दीपक कुमार दे, सानिमा बैंकका सीईओ निश्चल राज पाण्डे, प्राइम कमर्सियल बैंकका सीईओ सन्जिव मानन्धर, एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ, सिद्धार्थ बैंकका सीईओ सुन्दर प्रसाद कँडेल र सल्लाहकारमा हिमालयन बैंकका सीईओ अशोक राणा छन्।
Shares

प्रतिक्रिया