हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले ५.२५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको छ।
आगामी पुस २५ गते १३औँ वार्षिक साधारणसभा गर्नलागेको कम्पनीले प्रस्तावित लाभांश सोही सभामा पेस गरी पारित भएपछि सरकारको पूर्वस्वीकृति लिएर सेयरधनीलाई दिने जनाएको छ।
साधारणसभाका लागि कम्पनीले पुस १२ गते कम्पनीको सेयरधनी दर्ता किताब तथा सेयर दाखिला खारेजीको कार्य बन्द गर्नेछ।
18
Shares

प्रतिक्रिया