कारोबार


उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित, कार्यकाल २ वर्ष

उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित, कार्यकाल २ वर्ष

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १९:५३, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्था हटेको छ। हाल वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठपछि प्रत्यक्ष निर्वाचन हुने भएको हो।

मंगलबार बसेको विशेष साधरणसभाले ६ वटा संशोधन गरेको छ। जसमा अध्यक्षको कार्यकाल २ वर्ष, उपाध्यक्ष ५ जना र १ जना वरिष्ठ उपाध्यक्ष हुने व्यवस्था गरेको छ।

हाल उपाध्यक्ष रहेका हेमराज ढकाल, ज्योत्सना श्रेष्ठले अझै २ कार्यकालपछि मात्रै प्रत्यक्षमा निर्वाचन गर्नुपर्ने माग गरेका थिए। तर साधरणसभामा उपस्थित अधिकांश सदस्यले अञ्जन श्रेष्ठपछि नै प्रत्यक्ष निर्वाचन माग गरेकाले त्यसलाई सर्वसम्मत रुपमा पारित गरिएको हो।

‘मंगलबार बसेको विषेश साधरणसभाले अञ्जन श्रेष्ठपछि अध्यक्षमा निर्वाचन हुने व्यवस्था गरेको छ,’ कार्यसमिति सदस्या शिवप्रसाद घिमिरेले भने,‘प्रत्यक्ष निर्वाचित अध्यक्षको कार्यकाल २ वर्षको मात्रै हुने छ।’

हाल अध्यक्षको कार्यकाल ३ वर्षको हुने व्यवस्थामा संशोधन गरेको हो।

अब वरिष्ठ उपाध्यक्ष कार्यसमितिले नै चयन गर्ने भएको छ। मतभार बढी रहेको जिल्ला नगरतर्फ २ उपाध्यक्ष, वस्तुगत र एसोसिएट तर्फ १ उपाध्यक्ष र १ जना महिला उपाध्यक्ष हुने व्यवस्था गरेको छ।

‘महासंघमा जिल्ला र नगर तर्फका प्रतिनिधी धेरै भएकाले २ उपाध्यक्ष बनाउनेगरी विधान संशोधन भएको छ,’ अर्का कार्यसमिति सदस्य कृष्णप्रसाद शर्माले भने,‘वस्तुगत, एशोसिएट र महिलातर्फ १–१ उपाध्यक्षमा प्रत्यक्ष निर्वाचन नै हुने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad