१ करोड बढी कारोबार गर्नेले आय विवरण पुस मसान्तसम्म बुझाए हुने भएको छ।
आन्तरिक राजस्व विभागले करोड बढी कारोबार गर्नेलाई आय विवरण पेस गर्ने म्याद थप गरेको हो।
निजी क्षेत्रका व्यावसायिक संगठनहरु तथा करदाताहरुबाट २०८१ पुस मसान्तसम्म कायम गरिदिन भनी अनुरोध भई आएकाले मंसिर २३ गतेको निर्यायअनुसार म्याद थप भएको विभागले जनाएको छ।
यसअघि विभागले असोज ६ गते वार्षिक २५ करोडभन्दा बढीको कारोबार गर्ने करदाताहरुले मंसिर मसान्तसम्म र वार्षिक २५ करोड बढीको कारोबार गर्नेलाई पुस २० गतेसम्म आय वितरण पेस गर्न पाउने गरी म्याद थप गर्ने निर्णय गरेको थियो।
48
Shares

प्रतिक्रिया