कारोबार


सोमबार पनि घट्यो नेप्से सूचक, थोरै सेयर भएका कम्पनीमा लगानीकर्ताको भिड

सोमबार पनि घट्यो नेप्से सूचक, थोरै सेयर भएका कम्पनीमा लगानीकर्ताको भिड

नेपालखबर
मंसिर २४, २०८१ सोमबार १५:२१, काठमाडौँ

घटेको नेप्सेले सोमबार पनि निरन्तरता पाएको छ। आइतबार ४६ अंकले घटेको नेप्से सूचक सोमबार पनि १२.८४ अंकले घटेर २६७६.१५ अंकमा आइपुगेको हो।

सोमाबर लगानीकर्ताले कूल ५अर्ब ६२ करोड रुपैयाँको सेयर खरिदविक्री गरेका छन्। कारोबारमा आएका ३१७ वटा मध्ये ९२ वटा कम्पनीको सेयरमूल्य घट्दो बजारमा पनि बढेका छन् भने १३८ वटा कम्पनीको मूल्य आज घटेका छन्।

बढ्नेमा इमर्जिङ नेपाल र महिला लघुवित्त वित्तीय संस्था अगाडि छ। दुवै कम्पनीको क्रमश ८.७६ प्रतिशत र ७.१४ प्रतिशतले मूल्य बढेको छ।

यो बाहेक आज सर्वाधिक कमाउनेमा  सिटिजन्स बैंकको डिबेन्चर, एनआरएन र हिमालयन डिष्टिलरी अगाडि देखिएका छन्।

गुमाउनेमा भने आज स्वाभिमान लघुवित्त वित्तीय संस्था अगाडि छ। यो कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको हो।

यो बाहेक आज खानीखोला हाइड्रो, लाइफ इन्स्योरेन्स कर्पोरेसन कम्पनी पनि घट्नेमा अगाडि देखिएका छन्।

कारोबारका आधार आज एनआरएन र हिमालयन डिष्टिलरी अगाडि देखिएका छन्। यी दुवै कम्पनीको क्रमश: ३५ करोड र २७ करोडको सेयर कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad