कारोबार


नेपालको सबैभन्दा महँगो लक्जरी गाडी बीएमडब्लू एक हप्ताभित्र बिक्री

नेपालको सबैभन्दा महँगो लक्जरी गाडी बीएमडब्लू एक हप्ताभित्र बिक्री

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १६:५०, काठमाडौँ

नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी बीएमडब्लू एक्स७ एक्सड्राइभ ४०आई ल्याएको एक हप्ताभित्र बिक्री गरेको छ।

कम्पनीका अनुसार, यो मोडल कार्तिक २९, २०८१ मा नेपाल आयात गरिएको थियो। अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो।

यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको कम्पनीको भनाई छ।

कम्पनीले जनाए अनुसार बीएमडब्लु एक्स७ एक्सड्राइभ ४०आई को छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ।

यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको कम्पनीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad