कारोबार


दार्चुलाको सांग्रिला डेभलपमेन्ट बैंकमा चोरी, चोरले लगे सीसी क्यामेरा पनि

दार्चुलाको सांग्रिला डेभलपमेन्ट बैंकमा चोरी, चोरले लगे सीसी क्यामेरा पनि

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १४:५५, काठमाडौँ

सांग्रिला डेभलपमेन्ट बैंकको दार्चुलास्थित शाखामा चोरी भएको छ। मंसिर १८ गते राति बैंकमा चोरी भएको र चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार महाकाली नगरपालिका ४ खलंगास्थित बैंकको शाखा कार्यालयको झ्याल फोडी चोरी भएको थियो। चोरी आरोपमा सोही ठाउँका २३ वर्षीय तुसार लुहारलाई प्रहरीले पक्राउ गरेको छ। 

उनको घरकोठा खानतलासी गर्दा बैंकबाट चोरी भएको नगद ८५ हजार ५ सय, बैंकको ट्याग भएको कार्टुन र कार्टुन भित्र हेड सिसिटिभि क्यामेरा पनि फेला परेको छ।

यस्तै एटीएम कार्ड चार थान, फिक्स डिपोजिट सर्टिफिकेट एकथान र बैंकको स्टोर रुमबाट चोरी भएको एउटा खुकुरी पनि प्रहरीले बरामद गरेको छ।

चोरी गर्दा प्रयोग गरेको हेल्मेट, कपडा र जुत्ता समेत बरामद गरी उनलाई आवश्यक पक्राउ गरेको दार्चुला प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad