नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहितका विदेशी मुद्राहरुको मूल्य बढेको छ। तर, अमेरिकी डलर र बहराइन दिनारको मूल्य भने हिजोकै यथावत छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा छ।
हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०६ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०१ पैसा थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ९७ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६६ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७६ र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६८ र बिक्रीदर ८८ रुपैयाँ ०७ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९६ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९२ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ६६ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६१ पैसा थियो।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३४ पैसा छ। हिजो पनि बहराइन दिनारको कारोबार मूल्य यही थियो।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

Shares

प्रतिक्रिया