सेयरबजारमा आज कुल ६ अर्ब ३४ करोडको सेयर किनबेच भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक १५.८३ अंकले बढेको दिन १६९ कम्पनीको सेयर मूल्य उकालो लागेको हो।
कुल १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो। नेप्से भने २६८३.२४ विन्दुमा छ।
सोमबार ६७ वटा सेयरको मूल्य घट्दा ९ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
आज बेस्ट फाइनान्स, सुपरमादी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ९ प्रतिशतभन्दा माथिले बढेको छ।
तर ङादी ग्रुप पावर, जानकी फाइनान्स, मध्यभोटेकोशीलगायतको सेयर भने घटेको छ। ङादी ग्रुप पावरको १० प्रतिशतले ओरालो लागेको छ। सर्वाधिक कारोबारमा आज ङादी नै अगाडि छ। कम्पनीको ५४ करोडको कारोबार भएको छ। यसबाहेक बेस्ट फाइनान्सको २५ करोड, नेपाल फाइनान्सको २० करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र हाथवे इन्भेस्टमेन्टको १५÷१५ करोडको कारोबार भएको छ।
सोमबार उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोष समूह घटे पनि बाँकी सबै हरियो छन्।
Shares

प्रतिक्रिया