कारोबार


यूएनडीपीले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने

यूएनडीपीले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १४:४४, काठमाडौँ

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले नेपाललाई जलवायुजन्य कार्यमा सहयोग गर्ने भएको छ।

विश्व जलवायु सम्मेलनमा सहभागी नेपाल सरकारको प्रतिनिधिमण्डल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको टोलीबीच अजरबैजानको बाकुमा भएको दुईपक्षीय भेटवार्तामा संयुक्त राष्ट्रसंघका सहमहासचिव मार्कोस नेटोले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।

जलवायु सम्मेलन केन्द्रमा भएको द्विपक्षीय भेटमा नेपालको तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल नेतृत्वको टोली सहभागी थियो। छलफलमा यूएनडीपीले नेपालमा सञ्चालित कार्यक्रमको समिक्षा गर्दै आगामी दिनमा नेपाललाई दिने विशेष कार्यक्रम सम्बन्धमा कुराकानी भएको सचिव खरालले जानकारी दिए।  

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नीति तथा कार्यक्रम व्यूरो निर्देशक समेत रहेका मार्कोसले दुईपक्षीय भेटमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले राष्ट्रिय निर्धारित योगदान (एनडीसी ३) बनाउने तथा कार्यान्वय योजना बनाउने सन्दर्भमा सहयोग गर्ने प्रतिवद्धता जनाएका यूएनडीपी नेपालका प्रतिनिधि दीपक केसीले जानकारी दिए।

सहमहासचिव मार्कोसले नेपालको सम्मुन्नत विकासमा यूएनडीपीले नेपाल सरकारसँग सहकार्य र साझेदारी गर्न सधैँ तयार रहेको बताए। साथै नेपालले हिमालको मुद्दा र हानि नोक्सानीको मुद्दालाई जोडका साथ उठाएको भन्दै प्रशंसा गरे।

उनले जलवायु अनुकुलन कार्य, हानी नोक्सानी तथा पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापार लगायत क्षेत्र यूएनडीपीको प्राथमिकताको क्षेत्र भएकोले नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिवद्धता जनाए उनले विशेष गरेर जलवायु प्रतिवद्धता, स्केला लगायत कार्यक्रमहरुलाई नेपाल सरकारसंगको सहकार्यमा सञ्चालन गरिने बताए।

यूएनडीपीले राष्ट्रिय जैविकविविधता रणनीति र कार्य योजना बनाउन  नेपाल सरकारलाई सहयोग गरिरहेको छ। नेपालस्थित यूएनडीपी कार्यालयले विभिन्न कार्यक्रम तथा परियोजना मार्फत नेपालको समग्र विकासको क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad