कारोबार


७ अर्बको सेयर किनबेच, यी ५ वटामा सकारात्मक सर्किट

७ अर्बको सेयर किनबेच, यी ५ वटामा सकारात्मक सर्किट

नेपालखबर
मंसिर ५, २०८१ बुधबार १५:१८, काठमाडौँ

बुधबार सेयरबजारमा ७ अर्बको सेयर खरिदबिक्री भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार ७ अर्ब ९ करोडबराबरको १ करोड ५४ लाख बढी कित्ता सेयर किनबेच भएको हो। 

आजको कारोबारमा सबैभन्दा बढी ङादी ग्रुप पावरको ३२ करोड ८१ लाख, जानकी फाइनान्सको ३२ करोड २० लाख, नेपाल फाइनान्सको २३ करोड २२ लाख, हिमालय ऊर्जा विकासको १९ करोड १७ लाख र बेस्ट फाइनान्सको १५ करोड ५१ लाखको उच्च योगदान रह्यो। 

७ अर्बको कारोबार भएको दिन १४३ वटा सेयरको मूल्य बढे पनि ८९ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

बढ्नेमध्ये कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक र महिला लघुवित्तको सेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ। योसँगै यी कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशत अर्थात् क्रमशः १११, ७८.४०, ६५, ७७.२० र २१९.१० रुपैयाँ आम्दानी गरे। 

तर आज गुराँस लघुवित्तको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। १० प्रतिशतले सेयर मूल्य घट्दा यो कम्पनीका लगानीकर्ताले प्रतिसेयर २९१.३० रुपैयाँ गुमाए। यसबाहेक युनिक नेपाल लघुवित्त, आत्मनिर्भर लघुवित्तको सेयर पनि क्रमशः ७.०६ प्रतिशत र २.४१ प्रतिशतले घटेको छ। 

उपसूचकतर्फ आज विकास बैंक, फाइनान्स, होटल र पर्यटन, जलविद्युत्, लगानी, सामूहिक लगानी कोष र अन्य सूचक हरियो रहे भने बाँकी सबै राताम्य रहेका छन्। 

आज नेप्से सूचक ९.०९ बढेर २७११.७५ विन्दुमा रोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad