मंगलबार सेयर बजार परिसूचक नेप्से ५१ अंकले घट्दा पनि लगानीकर्ताले १० अर्ब बढीको कारोबार गरेका छन्।
यो दिन ५१.११ अंकले नेप्से घटेर २७०२.६५ अंकमा ओर्लिए पनि लगानीकर्ताले कुल १० अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार गरेका हुन्।
कारोबार सुरु भएबाटै नेप्से सूचक घट्दा आज कारोबारमा आएका २२४ कम्पनीको सेयरमूल्य घटेका छन् भने २० वटा कम्पनीको मूल्य बढेको छ।
घट्नेमा ङादी ग्रुप पावर अगाडि छ। यो कम्पनीको ९.२५ प्रतिशतले सेयरमूल्य घट्दा समृद्धि फाइनान्स र जानकी फाइनान्सको ८ प्रतिशतले मूल्य घटेको हो।
यस्तै बढ्नेमा भने आज आत्मनिर्भर लघुवित्त अगाडि छ। यो कम्पनीको मूल्यमा आज १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लाग्यो भने नारायणी विकास बैंकको ७.२७ प्रतिशले मूल्य बढेको छ।
कारोबारका आधारमा भने आज ङादी ग्रुपको सबैभन्दा धेरै कारोबार भएकोहो । यो कम्पनीको ४६ करोड रुपैयाँको सेयर किनबेच भएको हो।
Shares

प्रतिक्रिया