कारोबार


नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा सुरु

नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा सुरु

नेपालखबर
मंसिर २, २०८१ आइतबार १४:४६, काठमाडौँ

नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ।

टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो। रोबर्टको नाम मैना राखिएको छ।

रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरूको विषयमा ग्राहकहरूलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए।

उनले आज मैना रोबर्टको डेमो मात्रै सुरु गरिएको बताए। उनले सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसावमा विभिन्न कार्यहरु सुरु गरेको पनि जानकारी दिए।

सोही लक्ष्यअनुरुप रोबर्टबाट सर्भिस डेलिभरी सुविधा सुरु गरिएको उनको भनाई छ।

पन्थीले रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएको बताए। उनले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरूबारे मैना रोबर्टलाई तालिम गराउने बताए।

उनले नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका बारेमा ग्राहकहरूले रोबर्टसँग जिज्ञासा राख्नसक्ने बताए।

उनले भने, ‘सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने बाहिर मानसिकतालाई हटाउने गरी काम गरिरहेको छ। रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएका छौं। त्यो भन्दा बढी जानकारी पनि रोबर्टबाट लिन सकिन्छ। बिस्तारै नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरु निकालिन्छ। हरेक प्याकेज आउने बित्तिकै मैना रोबर्टलाई तालिम गराउँछौं। नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका विषयमा मैना रोवर्डलाई सोध्न सकिन्छ।’

उनले सुन्धारा कार्यालयमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिने गरेको बताए। उनले हरेक शनिबार पनि कार्यालय खुला हुने बताए।

उनले सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने मानसिकतालाई हटाउने गरी काम गरिरहेको बताए।

उनले शाखाले कात्तिक महिनाको उत्कृष्ट कर्मचारीमा कपिल लामिछानेलाई घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad