धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन दिई संक्षिप्त सूचीमा परेका ३ उम्मेदवारलाई गृह मन्त्रालयले अन्तर्वार्तामा बोलाएको छ।
मन्त्रालयअन्तर्गत गठित ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समिति’ले बिहीबार सूचना प्रकाशन गरी डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई आगामी मंसिर ९ गते बिहान ८ बजे अन्तर्वार्ता दिन सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आउन भनेको हो।
उनीहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाइएको हो।
यसअघि असोज १८ गतेका लागि अन्तर्वार्ता तोकिए पनि विशेष कारण भन्दै अर्थ मन्त्रालयले स्थगन गरेको थियो।
२०८० पुस २० यता धितोपत्र बोर्ड अध्यक्षविहीन छ।
हेर्नुहोस् सूचना-

63
Shares

प्रतिक्रिया