हरेक दिनझैँ आज (शनिबार) पनि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार आज काउलीको भाउ किलोमै २० रुपैयाँ बढेको छ। आज काउली प्रतिकिलो ८० देखि १०० रुपैयाँसम्म छ। शुक्रबार यसको भाउ ६० देखि ७० रुपैयाँ थियो।
आज गोलभेँडाको भाउ पनि बढेको छ। मूल्यसूचीअनुसार भारतीय ठूलो गोलभेँडाका भाउ किलोमा १० रुपैयाँ बढेर आज ९० देखि १०० रुपैयाँ प्रतिकिलो छ।
यस्तै सानो लोकल गोलभेँडाको भाउ पनि १० रुपैयाँ बढेर ४५ देखि ५५ रूपैयाँ प्रतिकिलो तोकिएको छ।
भारतीय सानो गोलभेँडाको भाउ ४४ देखि ४४ रुपैयाँ प्रतिकिलो छ। त्यस्तै टनेलको सानो गोलभेँडाका भाउ शनिबार १० रुपैयाँ बढेर प्रतिकिलो ६५ देखि ८५ रुपैयाँ तोकिएको छ।
रातो आलुको मूल्य भने आज केही घटेर ७८ देखि ८० रुपैयाँ प्रतिकिलो छ।
यसैगरी भारतीय सुकेको प्याजको मूल्य १२० देखि १२५ रुपैयाँ प्रतिकिलो छ।
बन्दाको भाउ आज केही घटेर किलोको ४० देखि ५० रुपैयाँ तोकिएको छ। शुक्रबार यसको भाउ ५० देखि ६० रुपैयाँ थियो।
अब बाँकी तरकारी तथा फलफूलको मूल्य तलको सूचीमा-
Shares

प्रतिक्रिया