कारोबार


तिहारमा ढाकाटोपीको मूल्य सस्तियो, व्यापार बढ्दो

तिहारमा ढाकाटोपीको मूल्य सस्तियो, व्यापार बढ्दो

नेपालखबर
कात्तिक १७, २०८१ शनिबार १५:१३, काठमाडौँ

तिहारमा ढाका टोपीको व्यापारबाट ललितपुर पाटनका व्यापारीहरु सन्तुष्ट देखिएका छन्।

स्थानीय व्यापारी नहकुल सिलवालले यस वर्ष पनि तिहारमा भाइ टीकाका लागि ढाकाटोपीको व्यापार राम्रो भईरहेको उल्लेख गर्दै सन्तुष्टि व्यक्त गरे। उनले गतवर्ष भन्दा यसवर्ष सो टोपीको मूल्य धेरै सस्तो भएको पनि जानकारी दिए।

सर्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरु आएको व्यापारीहरुको भनाई छ। उनीहरूले ढाकाटोपी नेपालको शान भएकाले त्यसको प्रयोग पनि बढ्दै गईरहेको प्रतिक्रिया दिए।

व्यापारी सिलवालले भने, ‘पोहोरको दाँजोमा यस वर्ष एकदम सस्तो भएको छ। विशेष गरेर सानोतिनो वर्गका मान्छेले पनि टोपी लगाउन सक्ने स्थितिको टोपीहरु बजारमा आएको छ। अरुमा मूल्य बढेपनि टोपीमा घटेर आएको छ। एउटा सर्वसाधारणले लगाउन सक्ने खालको स्थितिमा आएको छ टोपी। तिहारको कारणले टोपीको व्यापार पनि राम्रै भईराखेको छ।’

नेपालमा चाडपर्व दसैँ–तिहार, विवाह, ब्रतबन्धलगायतका उत्सवहरुमा ढाकाटोपीको अधिक प्रयोग हुन्छ।

विशेष गरी तिहारमा दिदीबहिनीले भाजुभाइलाई उपहारको रुपमा पनि ढाकाटोपी दिने चलन अधिक रुपमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad