कारोबार


स्मार्ट च्वाइस टेक्नोलोजिज र एनसीएचएलबीच नेपालपे कार्डको लागि समझदारी

स्मार्ट च्वाइस टेक्नोलोजिज र एनसीएचएलबीच नेपालपे कार्डको लागि समझदारी

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १२:३०, काठमाडौँ

स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)बीच नेपालपे कार्ड जारी गर्न र अक्वायर गर्न पूर्वाधार तयार गरी इन्टिग्रेट गर्ने समझदारी भएको छ।

समझदारीपत्रमा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्। 

नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा एनसीएचएले चरणबद्घ रुपमा स्थापना गर्दै गरेको नेशनल पेमेन्ट स्विचको दोस्रो चरणअन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम ‘नेपालपे’ र एनपीएस–नेशनल कार्ड स्विच कार्यान्वयनको लागि आवश्यक जडान तथा परीक्षण कार्य भइरहेको छ। 

उक्त नेपालपे कार्डको स्वीकार्यता र प्रयोग वृद्धि गर्नका लागि एससीटीले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नति गरेपश्चात् एनपीएस–एनसीएसको प्राविधिक सदस्यतालाई नेपालपे कार्ड जारी र अक्वायर गर्न सक्नेछ। सञ्चालनमा आएपश्चात् उक्त कार्डको राउटिङ्ग, स्विचिङ्ग तथा सेटलमेन्ट एनसीएचएलको नेशनल पेमेन्ट स्विचमार्फत हुनेछ।  

एनसीएचएलले आफ्नो इएफटी कार्ड स्विचमार्फत १२ बैंकहरुलाई अन्य कार्ड स्किमको प्रोसेसिङ्ग र कार्ड सर्भिसेसको सुविधा प्रदान गर्दै आएको छ भने एससीटीले १० बैंक, ११ वित्तीय संस्था, १०० बढी सहकारी संस्थाहरुलाई कार्ड प्रोसेसिङ्गको सेवा दिँदै आएको छ। 

नेपालको आफ्नै भुक्तानी कार्ड स्किम ‘नेपालपे’को कार्यान्वयनपश्चात् बैंकका ग्राहकहरुले डोमेस्टिक स्किममार्फत नै सहज रुपमा कार्ड प्राप्त गर्नसक्ने र कारोबार गर्न सक्नेछन्। साथै नेपालपेलगायतका कार्डसम्बन्धी कारोबारहरु एनपीएसअन्तर्गत नेशनल कार्ड स्विचमार्फत हुने हुँदा नेपालपेको विस्तारमा यस समझदारीले विशेष योगदान पुग्ने विश्वास गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad