कारोबार


म्यानचेस्टर सिटीका रोड्रीले जिते बालोन डि’ओर अवार्ड

म्यानचेस्टर सिटीका रोड्रीले जिते बालोन डि’ओर अवार्ड

म्यानचेस्टर सिटी तथा स्पेनका मिडफिल्डर रोड्रीले बालोन डि’ओर अवार्ड जितेका छन् (Getty Images/BBC)


नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १२:२, काठमाडौँ

म्यानचेस्टर सिटी तथा स्पेनका मिडफिल्डर रोड्रीले बालोन डि’ओर अवार्ड जितेका छन्।

२८ वर्षीय रोड्रीले विश्व फुटबलको सबैभन्दा ठूलो अवार्ड पहिलोपटक जितेका हुन्। 

रोड्रीले अघिल्लो सिजन क्लब र देशका लागि एक खेल मात्र गुमाएका थिए। 

चोटका कारण हाल मैदानबाहिर रहेका उनी बैसाखीको सहारामा अवार्ड समारोहमा पुगेका थिए। सेप्टेम्बरमा एन्टेरियर क्रुसिएल लिगामेन्ट (एसीएल) च्यातिएपछि उनी मैदानबाहिर छन्। 

कार्यक्रममा उनले यो आफ्नो, परिवार र देशका लागि विशेष दिन रहेको बताए। 

उनले यो आफ्नो मात्र नभई स्पेनिस फुटबलमा सबैको जित भएको समेत उल्लेख गरे। स्पेनमा बालोन डि’ओर जित्न योग्य भए पनि जित्न नसकेका जाभी, सर्जियो बुस्केट, एन्द्रे सबैका लागि भएको र विशेषगरी स्पेनिस फुटबल र मिडफिल्डरका लागि भएको बथाए। 

सन् २०२४ मा स्पेनलाई युरो कप जिताउन सहयोग गरेका उनले सिटीलाई चौथो पटक प्रिमियर लिग जिताउन पनि सहयोग गरेका थिए। 

उनले सिटीका लागि प्रिमियर लिग, यूईएफए सुपर कप र क्लब वर्ल्डकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। 

रियल मड्रिड तथा ब्राजिलका विंगर भिनिसस जुनियर दोस्रो भए। रियलकै जुड बेलिङघम तेस्रो भए। 

रियलले क्लब अफ दि इयरको अवार्ड जित्दा कार्लो एन्सेलोटीले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते। तर अवार्ड लिनका लागि क्लबका कोही सदस्य उपस्थित भएनन्। 

भिनिससले बालोन डि’ओर जित्न नसक्ने खबर पाएपछि रियलले अवार्ड समारोह बहिष्कार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad