कारोबार


विश्व लगानीकर्ता सप्ताहमा प्रभु क्यापिटलको प्रशिक्षण कार्यक्रम

विश्व लगानीकर्ता सप्ताहमा प्रभु क्यापिटलको प्रशिक्षण कार्यक्रम

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १३:५५, काठमाडौँ

विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले २ दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ।

प्रभु क्यापिटलले आयोजना गरेकोे उत्त कार्यक्रम धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चौक र मोनाष्टिक कलेज, भानु चौकमा अध्ययनरत विधार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरुलाई गत बिहीबार र शुक्रबार सम्पन्न गरेको हो। 

दुई कलेजमा करिब ९० जना विधार्थी, शिक्षक, व्यवसाही तथा अन्य पेशागत कर्मचारीहरुको सहभागिता भएको उक्त कार्यक्रमको प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए। 

कार्यक्रममा पुँजीबजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापनसम्बन्धी, आधारभूत तथा प्राविधिक विश्लेषण, सेयर बजारमा लगानी गर्नुपूर्व ध्यान दिनुपर्ने कुराहरु, बजारमा उपलब्ध लगानीका उपकरणहरु तथा लगानी विविधीकरणजस्ता विषयमा प्रकाश पारेका थिए। 

साथै लगानी गर्दा प्रविधि र डिजिटल सेवाको प्रयोग, आस्बा, सीआस्बा, मेरो सेयर एपको तथा आईपीओ भर्दा पुर्‍याउनुपर्ने सजगताका बारेमा उल्लेख गरिएका थिए। साथै पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको लगानीमा हुने फाइदा तथा जोखिम सम्बन्धी विषयहरु पनि समेटिएका थिए। 

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय—समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ भने यो विश्व लगानीकर्ता सप्ताह इन्टरनेशनल अर्गनाइजेस अफ सेक्युरिटिज कमिसन (आईओएससीओ) को आह्वानमा प्रत्येक वर्ष अन्तर्राष्ट्रियस्तरमा लगानीसम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad