कारोबार


बजाजले ल्यायो मोटरसाइकल साटा-साट योजना

बजाजले ल्यायो मोटरसाइकल साटा-साट योजना

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १९:२९, काठमाडौँ

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाइकल साटा–साटको आकर्षक योजना शुरू गरेको छ। यस योजना अन्तर्गत जुन सुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटा–साट गर्न सकिन्छ।

हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘बजाज बाईकको लोकप्रियता र हाम्रा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना शुरु गरेका हौं। साथै हाम्रा ग्राहकहरूका लागि यस्ता नयाँ नयाँ योजनाहरू अझ अरू पनि ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्दछौँ।’

भण्डै ८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीको भनाई छ।

यो योजना यही कार्तिक ८ गतेदेखि शुरू भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad