कारोबार


विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठक निर्णयविहीन

विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठक निर्णयविहीन

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १३:४३, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठक निर्णयविहीन भएको छ।

बैठकमा ऊर्जामन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दीपक खड्काले बक्यौता नतिरेका उद्योगहरूको लाइन नकाट्ने निर्णय गर्नुपर्ने प्रस्ताव राखेका थिए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै न कुनै निकायको लिखित निर्देशनबिना त्यस्तो निर्णय गर्न नसकिने बताएका थिए। लिखित निर्देशन दिन कोही पनि तयार नभएपछि बैठक निष्कर्षविहीन भएको सञ्चालक समितिका एक सदस्यले जानकारी दिए।

नेपाल विद्युत्् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय बिहीबार (कात्तिक ८ मा) सकिँदै छ। गत असोज २४ गते फूलपातीका दिन प्राधिकरणले एक सूचना प्रकाशित गरी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गर्दै सो समयभित्र नबुझाए कानुनी प्रक्रिया थालिने चेतावनी दिएको थियो।

अहिलेसम्म कुनै पनि उद्योग बक्यौता तिर्न आएका छैनन्। बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने प्राधिकरणको तयारी छ। विद्युत्् प्राधिकरणले ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad