कारोबार


कृषिमन्त्री भुसालद्वारा मन्त्रालयमातहतका निकायमा नयाँ नियुक्ति, को कहाँ? (सूची)

कृषिमन्त्री भुसालद्वारा मन्त्रालयमातहतका निकायमा नयाँ नियुक्ति, को कहाँ? (सूची)

नेपालखबर
फागुन २८, २०७६ बुधबार ११:१७,

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा नयाँ नियुक्ति गरिएको छ। कृषिमन्त्री घनश्याम भुसालले दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्डलगायतका पाँच निकायमा अध्यक्ष, उपाध्यक्षलगायतका पदमा नयाँ नियुक्ति गरेका हुन्।

यसअन्तर्गत दुग्ध विकास संस्थानको महाप्रबन्धकमा रुद्रप्रसाद पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्र प्रसाद यादव नियुक्त भएका छन्। त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा डा. विष्णुप्रसाद भट्टराई तथा उपाध्यक्षमा गोपालप्रसाद पोखरेललाई नियुक्त गरिएको छ।

यसबाहेक कृषि सामग्री कम्पनी लिमिटेडको महाप्रबन्धमा भने नेत्रबहादुर भण्डारी र अध्यक्षमा शशिराज तुलाधरलाई नियुक्त गरिएको छ। यस्तै, कपास विकास समितिको अध्यक्षमा रुद्रहरि ज्ञवाली नियुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad