भारतीय राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तार एयरलाइन्सको जहाजमा बम भएको सूचना आएपछि सबै यात्रुलाई जहाजबाट ओरालिएको छ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले सबै यात्रु सकुशल रहेको र उनीहरुलाई जहाजबाट निकालिसकिएको बताएका हुन्।
जहाजमा १५७ यात्रु रहेका थिए। बमको हल्लासँगै नेपाली सेनाको कमान्डमा आवश्यक जाँच भइरहेको छ।
विस्तारा एयरलाइन्सको दिल्लीस्थित कार्यालयबाट नेपालस्थित कार्यालयमा खबर गरेपछि बम भएको हल्ला फैलिएको हो।
पछिल्लो समय भारतीय कम्पनीका विमानहरुमा बमको हल्लाले उडान प्रभावित बनाइरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार मात्रै ५४ वटा उडानमा बम भएको सूचना फैलिएपछि उडान प्रभावित भएका छन्।
भारतको इन्डियो, विस्तारा, एयर इन्डिया लगायतलाई लक्षित गर्दै बमले उडाइदिने धम्की आएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया