कारोबार


अंकित मूल्यमै समता घरेलु लघुवित्तको साढे ३ करोड कित्ता एफपीओ आउँदै, कसले पाउँछ किन्न?

अंकित मूल्यमै समता घरेलु लघुवित्तको साढे ३ करोड कित्ता एफपीओ आउँदै, कसले पाउँछ किन्न?

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १२:३६, काठमाडौँ

समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेबाट एफपीओ (थप सार्वजनिक निष्काशन)मा ल्याउने भएको छ।

लघुवित्तले १०० रुपैयाँ अंकित दरमा ३ लाख ५० हजार ९०४ कित्ता साधारण सेयर निष्काशनमा ल्याउने भएको हो । 

लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४ कित्ता थपेर पुँजी जुटाउन लगानीकर्तामा एफपीओ सार्वजनिक गर्न लागेको हो।

इच्छुक लगानीकर्ताले कम्पनीको न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। 

जसमा लगानीकर्ताहरुले कात्तिक १२ देखि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा आवेदन दिने समय कात्तिक २६ गतेसम्म थप हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad