कारोबार


दसैँपछिको पहिलो कारोबार दिनमा १४ सय रूपैयाँ बढ्यो सुनको मूल्य

दसैँपछिको पहिलो कारोबार दिनमा १४ सय रूपैयाँ बढ्यो सुनको मूल्य

नेपालखबर
असोज २९, २०८१ मंगलबार ११:५१, काठमाडौँ

नेपाली बजारमा सुनचाँदीको मूल्य मंगलबार (असोज २९) बढेर कारोबार भएको छ।

छापावाल सुन प्रतितोला एक हजार ४ सय रुपैयाँ बढेर १ लाख ६० हजार ५ सय रुपैयाँमा मंगलबार कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

दसैँअघि अन्तिम कारोबार दिन (असोज २३) छापावाला सुन प्रतितोला एक लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको महासंघले बताएको छ।

दसैँअघि १ हजार ९ सय रुपैयााँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad