कारोबार


दसैँमा टाटा मोटर्सको ७५१ गाडी डेलिभरी

दसैँमा टाटा मोटर्सको ७५१ गाडी डेलिभरी

नेपालखबर
असोज २५, २०८१ शुक्रबार १५:२१, काठमाडौँ

यो दसैँमा टाटाको पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आइस गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ। यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुआत गरेको टाटा पन्च ईभीको यो दसैँमा ३७७ युनिट डेलिभरी भएको हो।

सुरुआती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको टाटा पन्च ईभीमा कम्पनीले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती बताउँछन्। उनका अनुसार सुरुआती भेरियन्टमा पनि ग्राहकले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च ईभीले नेपालमा राम्रो बजार लिइरहेको छ।     

टाटाको पन्च ईभीको साथै गतवर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो ईभी बजेट सेग्मेन्टको सर्वाधिक बिक्री भएको मोडल हो। यो दसैँमा पनि टियागो ईभीको १५६ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ। विशेषगरी महिलाहरू र पहिलो गाडी लिन खोजेका ग्राहकहरूको रोजाइमा पर्न सफल भएको टियागो ईभीको पनि यो दसैँमा उत्साहजनक डेलिभरी भएको छ। साथै, टाटाको टिगोर ईभीको १० युनिट र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ।

यो दसैँमा एक्प्रेस-टीको पनि राम्रो संख्यामा डेलिभरी भएको छ। एक्प्रेस-टीको १५६ डेलिभरी भएसँगै सिप्रदीले यो दसैँमा ७५१ वटा टाटा कार डेलिभर गरेको छ।

यसका साथै दसैँको अवसरमा ग्राहकको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दसैँभरि सिप्रदीको फास्ट डिसी चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङको घोषणा गरेको छ। टाटा मोटर्सले आफ्ना देशभरिको सर्भिस सेन्टरबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ।

बिदाको समयमा पनि टाटाको काठमाडौँस्थित बागडोल र गोंगबुका दुईवटा सर्भिस सेन्टर खुला हुनेछन्। जसमा सर्भिसिङ तथा चार्जिङको व्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टर मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ। रोडसाइड सेवाका लागि हटलाइन टोल फ्रि नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ। एक्प्रेस टीमा भने निःशुल्क चार्जिङ लागु नहुने जनाइएको छ।

सिप्रदीको नेपालभरि १८५ भन्दा बढी चार्जिङ नेटवर्क र १६ भन्दा बढी सर्भिस सेन्टर रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad